भक्तपुर जिल्ला प्रशासनका अधिकृत घुससहित पक्राउ

admin

काठमाडौँ, २ फागुन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु २५ हजार घुस लिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय भक्तपुरका प्रशासकीय अधिकृत कैलाश मातक्षे श्रेष्ठलाई आज पक्राउ गरेको छ । 

लेनदेनसम्बन्धी मुद्दा मिलाइदिने भन्दै श्रेष्ठले घुस माग्दै गरेको अवस्थामा भक्तपुर दरबार क्षेत्रबाट पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउ परेका प्रशासकीय अधिकृत श्रेष्ठको छानबिन भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो । 

-रासस

 

प्रतिक्रिया