भेरी नदीमा बस खस्यो, चारको मृत्यु

admin

जाजरकोट, २ फागुन : बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको बस दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ भने यात्रुवाहक बसको चलानीअनुसार आठ जना यात्रु रहेको देखिन्छ, प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिनुभयो ।  भे१ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खरेर दुर्घटना भएको हो  । 

आज बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको हो  । उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी उद्धारका लागि खटिएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो । 

-रासस

प्रतिक्रिया