सार्वजनिक यातायातको भाडा बढाउने तयारी

admin

काठमाडौं, फागुन १४ : व्यवसायीको आग्रहमा सरकारले सार्वजनिक सवारीसाधनको भाडादर बढाउने तयारी गरेको छ ।असोजमा १० प्रतिशत भाडा बृद्धि गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वैज्ञानिक भाडादर कायम गर्ने भन्दै पुनः भाडा वृद्धि गर्न लागेको हो । यातायात व्यवसायीहरुले गत असोजमा दसैंका लागि अग्रिम टिकट बुकिङ रोकेपछि सरकारले बाध्य भएर भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।

त्यतिबेला सरकार र यातायात व्यवसायीबीच चारबुँदे सम्झौता भएपछि व्यवसायी अग्रिम बुकिङ खोल्न तयार भएका थिए । सरकार र व्यवसायीबीच भएको सो सम्झौतामा वैज्ञानिक तवरले नयाँ भाडादर कायम गर्न समिति बनाउने र त्यसले दिएको प्रतिवेदनका आधारमा गत मंसिरमा नै भाडादर समायोजन हुने उल्लेख थियो ।सोही आधारमा अहिले मन्त्रालयले नयाँ भाडादर समायोजन गर्न लागेको हो । –राजधानी दैनिकबाट

प्रतिक्रिया