वैदेशिक रोजगारीमा ठगीका अनेक रुपः फेसबुकमा चिनजान बैंकमा रकम

admin

काठमाडौं, फागुन १४ : करिब दुई वर्षअघि आफूलाई पोर्चुगलमा बसोबास गरिरहेको बताउने बिनिता लामाले आङदोमा शेर्पालाई फेसबुकमा साथी बनाउन ‘रिक्वेस्ट’ पठाइन् । पोर्चुगलमा न आफन्त न साथी नै भएकी रामेछाप, रसनालु–३ की आङदोमालाई सुरुमा ‘रिक्वेस्ट’ स्वीकार गर्न अप्ठेरो लाग्यो । त्यसैले उनले केही समयसम्म विनिताको ‘रिक्वेस्ट’ स्वीकार गरिनन् । 

लामो समयसम्म साथी नबनेपछि विनिता आङदोमा बस्दै आएको बालाजुमै पुगिन् । र, उनीहरु प्रत्यक्ष चिनजान भयो  । नुवाकोट, सुनाखानीकी विनिता र आङदोमाको सुरुको भेट निकै रोमाञ्च भयो ।विनिताले रोजगारीका लागि पोर्चुगल निकै राम्रो गन्तव्य रहेको र राम्रो पारिश्रमिक पाइने समेत प्रलोभन देखाइन् । 

 

यता त्यस्तो प्रस्ताव गर्ने विनिता त्यतिबेलासम्म सम्पर्कविहिन भइसकेकी थिइन । तर, फोन र अन्य माध्यमबाट कुराकानीको क्रम भने जारी राखिन् । विनिताले भने अनुसारको पोर्चुगल जान लाग्ने रकम जोहो गरेपछि आङदोमा र उनका साथीहरुले त्यो रकम विनिताले भनेको व्यक्ति पार्वती तामाङको नाममा रहेको बैंक खातामा जम्मा गरिदिए । आङदोमाले नागरिकसँग भनिन्, रकम लिएको लामो समयसम्म पोर्चुगल उड्न नपाएपछि खोजी गर्दा विनिता काठमाडौँमै फेला परेपछि मात्र ठगीमा परेको खुल्यो ।’  

प्रतिक्रिया