हजार किलो बम फालेर भारतले गर्यो पाकिस्तानको सीमाभित्र आक्रमण

मनिषा थापा

पिएनपिखबर : भारतले आज मंगलवार विहान ३ ;३० बजे पुलवामा भएको आतंक हमलाको बदला लिएको छ। भारतीय वायु सेनाले १२ मिराज फाइटर जेटले पाकिस्तानको ५० केमीभित्र छिरेर आतंकबादी कम्पनीलाई ध्वस्त बनायो। वायु सेनाले लगाताार २१ मिनेटसम्म १००० किलो बम खसालेको थियो।

 

वायुसेनाको मिराज–२००० लडाकु विमानले हजार किलो बम खसालेको बताइएको छ । समाचारमा भारतले गरेको आक्रमण ‘आतंकवादी’माथि भएको दावी गरिएको छ । भास्करले कैयौं ‘आतंकवादी क्याम्प’ नष्ट भएको दावी गरेको छ ।

भारतीय वायुसेनाले गएको १४ फेब्रुअरीमा ४० भारतीय सैनिकको ज्यान जानेगरी भएको आतंकवादी आक्रमणको जवाफमा यो आक्रमण गरिएको दावी गरेको छ ।

आक्रमण गरिएको स्थान भारत पाकिस्तान सीमाको नियन्त्रण रेखा (एलओसी) भन्दा ५० किलोमिटर पाकिस्तानी भूमिभित्र पर्छ । पाकिस्ताी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक ट्वीट गर्दै भारतीय सेनाले पाकिस्तानको मुजफ्फराबादमा घुसपैठको कोसिस गरेको बताएका छन् ।

जम्मु कश्मिरका पूर्व मुख्यमन्त्री तथा नेशनल कन्फ्रेन्सका नेता उमर अब्दुल्लाले भारतको कारवाहीलाई लक्षित गर्दै भने ‘यदि यो कुरा साँचो हो भने यो सानो आक्रमण होइ । यो हाम्रो अपेक्षाभन्दा टाढाको कुरा हो ।’ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २३ फेब्रुअरीमा भारत र पाकिस्तानबीच निकै खराब हालत भएको बताएका थिए । उनले अमेरिकी प्रशासन दुवै देशको सम्पर्कमा रहेको र यो दुश्मनी चाँडै सकिने विश्वास व्यक्त गरेको ३ दिनमै भारत पाकिस्तानको सीमाभित्र छिरेको हो ।

प्रतिक्रिया