मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटना

रिता घिसिंग

फागुन १५, काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारी चढेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । काठमाडौँबाट कार्यक्रमका लागि ताप्लेजुङ गएको मन्त्री अधिकारी सवार एयर डाइनेष्टीको हेलिकप्टर केहीबेर अघि दुर्घटना भएको हो । प्रधानमन्त्री कार्यालयले हेलिकप्टर बेपत्ता भएको पुष्टि गरेको छ ।

 

पाथिभारा मन्दिर दर्शन गरेर चुहान डाँडा एयरपोर्ट निरीक्षणका लागि जाँदै गर्दा हेलिकप्टर दुर्घटनामा परेको हो ।

हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका थिए। मन्त्रीसहित ६ जना उक्त हेलिकप्टरमा सवार थिए।हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरङ शेर्पा, वीरेन्द्रप्रसाद श्रेष्ठ, युवराज दाहाल र अर्जुनकुमार घिमिरे सवार थिए।

थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया