‘जीवनको हरेका पक्षलाई नाटकले उजागर गर्छ’ :मुख्यमन्त्री राई

admin

विराटनगर, १५ फागुन: प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जीवनको हरेक पक्षलाई उजागर गर्न नाटकको विशेष महत्व रहेको बताउनुभएको छ । सुशिला कोइराला नाटक घर, आरोहण गुरुकुल, विराटनगरमा आजदेखि शुरु भएको अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री राईले महत्सवले कलाकार, रङ्गकर्मीको अनुभव र भावना साटासाट गर्न मद्दत पुग्ने बताउनुभयो । उहाँले राजनीतिक र सामाजिक परिवर्तनमा उल्लेखनीय योगदान दिन सफल नाटक विधामा अहिले पनि नागरिकको निकै रुचि रहने गरेको बताउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का केन्द्रीय सदस्य विनोद ढकालले नाटक नेपाली इतिहासमा पुरानो विधा भए पनि यसलाई अब नयाँ शैलिबाट सञ्चालन गर्नु पर्ने सुझाव दिनुभयो । सांसद खेम नेपाली र प्राज्ञ दधिराज सुवेदीले नाटकले भाषा, कला र साहित्यको प्रचार प्रसार एवं विकासमा मद्दत पु¥याएको छ भन्नुभयो । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले समाजलाई सकारात्मक दिशातर्फ लैजान नाटकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । फागनु २४ गतेसम्म चल्ने नाटकमा नेपाल, बङ्गलादेश, इटाली, भारत, श्रीलंका र अफगानिस्तानका कलाकार सहभागी छन् ।
-रासस

प्रतिक्रिया