काएरो रेल दुर्घटनाः बीस यात्रुको मृत्यु

admin

काएरो, इजिप्ट, १५ फागुन: इजिप्टको काएरोमा बुधबार रेल दुर्घटनापछि आगलागी हुँदा कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले जनाएका छन् । राजधानी काएरोस्थित रेल स्टेसननजिकै रेल दुर्घटना भएको छ साथै रेलको इन्धन ट्याङ्की विस्फोट भई आगलागी हुँदा २० जनाको मृत्यु भएको र केही यात्रु आगोले जलेर घाइते भएका कारण मृतक सङ्ख्या थप बढ्न सक्ने काएरो रेलमार्गस्थित एक अस्पतालका प्रमुख मोहम्मद सैयदलाई उद्धृत गरी कतारी सञ्चारमाध्यम अलजजिराले जनाएको छ ।

प्रारम्भिक जानकारी अनुसार तीब्र गतिमा रहेको रेल अचानक दुर्घटनाग्रस्त हुँदा इन्धन ट्याङ्कीमा आगलागी पछि विस्फोट भएको थियो । दुर्घटनामा घाइते करिब ४० जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
-रासस

प्रतिक्रिया