शिक्षक र प्रहरीबीच बानेश्वरमा झडप

admin

काठमाडौं,१९ फागुन: स्रोत व्यक्ति सट्टा शिक्षक संघर्ष समितिले आज बानेश्वरमा गरेकोे प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । माइतीघरबाट सुरु भएको विरोध जुलुस नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरीले प्रदर्शनकारीलाई हटाउन फोहोरा प्रयोग गरेको हो ।

 शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्रोत व्यक्तिहरुलाई साविकको दरवन्दीमा काज फिर्ता गर्ने र उनीहरुको सट्टामा नियुक्त शिक्षकहरुलाई माघ महिनासम्मको मात्र तलब भत्ता दिएर सेवाबाट हटाउने निर्णय गरेको थियो ।

तर, सट्टा शिक्षकलाई माघ महिनासम्मको मात्र तलबभत्ता दिएर बिदा गर्न भन्दै फागुन ८ गते परिपत्र गरिएको थियो । त्यतिबेला सट्टा शिक्षकहरुले विद्यालयमा पढाइरहेका थिए । कतिपय विद्यालयमा स्रोत व्यक्तिहरु काजमा नफर्किएकाले सट्टा शिक्षकहरुले नै पढाइरहेका छन् । तर, उनीहरुले पाउने तलबको टुंगो छैन ।सरकारले सट्टा शिक्षकहरुलाई सेवाबाट हटाएर बेरोजगार बनाएको भन्दै उनीहरु विरोधमा प्रर्दश्नमा उत्रिएका हुन।

प्रतिक्रिया