भिडभाड हुने अड्डामा अख्तियारले गुप्तचर खटाउँदै

admin

काठमाडौं, फागुन २० :सर्वसाधारणको भिड हुने सरकारी कार्यालयमा अख्तियारले सेवाग्राहीको भेषमा ‘जासुस’ खटाउने भएको छ । छिटो सेवा प्रवाहका नाममा घुस लिने कर्मचारीलाई सुधार्न आयोगले नयाँ कार्यक्रम सुरु गर्न लागेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

मालपोत, यातायात, कम्पनी रजिस्ट्रारको कार्यालय, अदालत, जिल्ला प्रशासन कार्यालय, स्थानीय तहलगायतका कार्यालयमा आयोगबाट गोप्य रुपमा कर्मचारीलाई सेवाग्राहीलाई भेषमा खटाउन लागिएको हो । केही दिनमै यो कार्यक्रम सुरु हुने आयोगका प्रवक्ता रामेश्वर दंगालले बताए ।

प्रतिक्रिया