सिटी रेवान महोत्सव शुरु

admin

पोखरा, २० फागुन : पोखराको नयाँ बजारस्थित प्रदर्शनी केन्द्रको परिसरमा आइतबारबाट शुरु भएको सातौँ सिटी रेवान महोत्सव तथा फुड फेस्टिबलको उद्घाटन गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले गर्नुभयो ।

फागुन २७ गतेसम्म जारी रहने सो महोत्सवमा १३० वटा व्यापारिक स्टल रहेको छ । सो मेलामा कृषिजन्य, हस्तकला, राष्ट्रिय तथा स्थानीय उत्पादनका स्टल छन् । उक्त अवसरमा क्यान इन्फोटेक मेलासमेत हुने भएको छ ।

सो मेलामा बृहत् सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरको टाइपिङ प्रतियोगिता, आइटी क्विच कन्टेस्ट, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, ल्यापटप एक्सचेन्ज अफर, आइसिटी क्षेत्रमा स्थानीयस्तरबाट गरिएका उत्पादनको प्रदर्शनी तथा अन्य आइसिटीसँग सम्बन्धित नवीनतम गतिविधि प्रदर्शनीको व्यवस्था गरिएको छ । सो अवसरमा मन्त्री लम्सालले पोखरालाई पर्यटकीय राजधानीका रुपमा पहिचान बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया