आज कतिमा कारोबार हुँदैछ सुन-चाँदी ?

शर्मिला गुरुङ

काठमाडौं, २० फागुन : आज साताको दोश्रो दिन अर्थात सोमबार नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ।

हिजो आईतबार प्रतितोला ६१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मुल्यमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६१ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीकको मूल्य पनि यथावत नै छ। हिजो शुक्रबार ७७५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि यथावत नै छ।

प्रतिक्रिया