पशुपतिमा दर्शनार्थीको घुइँचो, व्यवस्थापन फितलो

admin

काठमाडौं, फागुन २१ : पशुपतिनाथमा दर्शन गर्ने दर्शनार्थीको घुइँचो यस वर्ष पनि निकै देखियो । यस वर्ष फागुनको सोमबार नै शिवरात्रि परेका र भारतको प्रयाजराजमा भएको कुम्भ मेलाका दर्शनार्थीमध्ये केही पशुपतिनाथ मन्दिरमा आएकाले एक हप्ताअघिदेखि नै साधु सन्तसहित भक्तजनको भीड बढेको हो पशुपति विकास कोषको ठहर छ ।

सोमबारको पूजाआजा र दर्शनका लागि बिहान ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खुला गरिएको थियो । भक्तजनको भीडभाड व्यवस्थापन गनै महानगरीय ट्राफिक प्रहरी महाखाशाले गौशाला आसपासका १० रुटमा सोमबार बिहानैदेखि गाडी चलाउन रोक लगाएको थियो । यद्यपि पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि विशेष प्रबन्ध मिलाएको भनिए पनि व्यवस्थापनमा कमजोरी देखिएको भक्तजनको गुनासो छ । यो समाचार सुम्निमा काफ्लेले नेपाल समाचारपत्रमा लेखेकी छन् ।

प्रतिक्रिया