बाघलाई बोरिङको पानी

admin

नेपालगन्ज , फागुन २१ :  विश्वमै लोपोन्मुख पाटेबाघ बाँके राष्ट्रिय निकुञ्जमा पाँच वर्षको अवधिमा पाँच गुणा वृद्धि भएको छ । असोज ७ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सार्वजनिक गरेको तथ्याकंमा बाँकेमा बाघको संख्या २१ पुगेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा शंकरप्रसाद खनालले लेखेका छन् । 

निकुञ्जमा पाटेबाघ वृद्धिमा अहिले पानी बाधक बनेको छ । वर्षातको समयमा निकुञ्जमा जसोतसो आकाशे पानी जम्मा हुने भए पनि हिउँदमा भने वन्यजन्तुका लागि पानी अभाव हुने गरेको छ ।

 

निकुञ्जको पूर्वीभेगमा सुख्खा क्षेत्र बढी भएकाले वनस्पति पनि सुक्ने गरेका छन् । डिप बोरिङ गाड्न सके निकुञ्जमा डढेलो नियन्त्रण गर्न मद्दत पुग्नेछ । बाघको आहारका रुपमा रहेका मृग, चौका, बँदेलका लागि पनि पानी र चरिचरनको समस्या छ । पानी र घाँसेमैदानको व्यवस्था गरेर निकुञ्जले त्यसको उचित व्यवस्थापन गर्ने तयारी गरिरहेको छ ।  पानीको वैकल्पिक व्यवस्थाका लागि कृत्रिम पोखरी खन्न यस वर्ष मात्रै एक करोड २० लाख रुपैयाँ विनियोजन गरिएको छ । 

 

प्रतिक्रिया