मोटरसाइकल जुध्दा एकको मृत्यु, तीन घाइते

admin

दमक, २१ फागुन : पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमक–४ स्थित कृष्ण मन्दिर सडकखण्डमा मोटरसाइकल एकापसमा जुध्दा एकको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । गए राति करीब ८ बजे कृष्ण मन्दिर चोकमा पूर्वबाट पश्चिम जाँदै गरेको मे३प १८३२ नंको मोटरसाइकल र पश्चिमबाट पूर्व आउँदै गरेको को३प ७७०० नंको मोटरसाइकल एकापसमा जुधेको थियो ।

दुर्घटनामा परेर इलाम चुलाचुलीका ४० वर्षीय पुरणकुमार राईको मृत्यु भएको छ भने दमक–१० का २५ वर्षीय सुजन धिमाल, पाँचथर फाल्गुनन्द गाउँपालिकाका रमेश तुम्रोक र परिचय खुल्न नसकेको अन्दाजी ४० वर्षीय एक व्यक्ति घाइते भएको छ । घाइते सबैको विराटनरस्थित न्यूरो अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । मृतक राई समाजवादी युवा फोरमका प्रदेश नं १ समितिका सहसंयोजकसमेत रहेको बताइएको छ ।
-रासस

प्रतिक्रिया