किन विवाहमा साइँली औँलामा औँठी लगाइन्छ ?

रिता घिसिंग

एजेन्सी : विवाहमा बेहुला बेहुलीले एक अर्काको साइँली औँलामा औँठी लगाएको देखिँदै आएको छ । तर, किन लगाइन्छ त साइँली औँलामा औँठी यसबारे भने कमैलाई थाहा छ । विवाहको चिन्ह स्वरुप औठी लगाइदिने चलन इशापूर्व ३००० मा सुुरू भएको थियो । त्यसबेलादेखि विवाहमा औँठी लगाउने चलन चल्दै आएको बताइन्छ । पहिला औठी बेहुलाका पितालाई विवाहको चिन्ह स्वरुप दिने चलन थियो । यो परम्परा प्राचिन रोमन र ग्रीक समयमा चलेको मानिन्छ ।

त्यतिबेला बायाँ हातको साइँली औंलामा औठी लगाइदिँदा सीधा मनसँग सम्बन्ध हुन्छ भन्ने मान्यता रहेको थियो । विवाहको औंठीले परिवारप्रतिको जिम्मेवार हुने र जिन्दगीभर श्रीमतीलाई रक्षा गर्ने सुत्रका रुपमा औंठीलाई लिने चलन छ । एक आपसमा प्रेम साटासाट गर्ने माध्यमका रुपमा पनि औंठी लगाइन्छ ।

प्रतिक्रिया