काठमाडौँ महानगरभित्रका पेट्रोल पम्प हटाउन अध्ययन सुरु

admin

काठमाडौं, चैत ३ : काठमाडौँ महानगरपालिकाले सहरी क्षेत्रका साँघुरो स्थानमा रहेका पेट्रोल पम्प हटाउन अध्ययन थालेको छ । सुरक्षाका दृष्टिकोणले मानवीय क्षति हुन सक्ने, भीडभाड तथा सवारी जाम गरिरहेका पम्पहरुलाई हटाउन यस्तो अध्ययन थालिएको हो । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

हाल सञ्चालनमा रहेका पम्पको अवस्था पहिचार गर्न महानगरपालिकाले अध्ययन समिति बनाएर काम थालेको समितिका संयोजक एवं महानगरपालिका सहरी सुव्यवस्थापन विभागका प्रमुख हरि कुँवरले जानकारी दिए । समितिमा नेपाल आयल निगम, महानगरीय ट्राफिक प्रहरी महाशाखा, सडक विभागलगायतका निकायको प्रतिनिधि छन् । 

प्रतिक्रिया