शुक्रबार ओरालो लागेको सुनको मुल्य आज कति छ ?

शर्मिला गुरुङ

काठमाडौं, ३ चैत्र : आज साताको पहिलो दिन अर्थात आईतबार नेपाली बजारमा सुनको मूल्य यथावत रहेको छ । गत शुक्रबार एकैदिन ५ सय रुपैयाँले ओरालो लागेर प्रतितोला ६० हजारमा कारोबार भएको छापावाल सुनको मुल्य आज पनि सोहि मुल्यमा कारोबार भईरहेको छ भने तेजावी सुनको मुल्य यथावत नै रहेको छ। आज तेजावी सुन ५९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ

त्यस्तै आज चाँदीको मूल्य पनि यथावत रहेको छ । आज चाँदी ७३५ रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया