मुखाले भन्यो भने टुक्काले दाँत झार्ने गरी हान्छन प्रधानमन्त्री : डा. सुरेन्द्र केसी (भिडियो)

मनिषा थापा

पिएनपिखबर : राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले केपी ओलीको अपरिपक्व शासनले गर्दा देशले गति लिन नसक्ने बताएका छन्। उनले आगामी दिन जनताहरुको लागि थप कष्टकर बन्ने संज्ञा दिएका छन्। राष्ट्र अराजकता त विफलतर्फ गइरहेको केसीको भनाई छ।

उनले देशको वर्तमान परिवेशलाई नियाल्दै भने, ‘नेता नै नेताले भरिपूर्ण पार्टी मिलेर नेकपा भएको छ। जसमा एक अर्काको खुट्टा तानेर अघि बढ्ने प्रवृति छ। कसैले कसैलाई मान्ने देखिदैन। यी कुरालाई बुझेर प्रधानमन्त्री ओलीले शासन गर्नु पर्नेमा जथाभावी अपरिपक्व युवाहरुलाई राख्ने, अपसंस्कृति अनि विभिन्न किसिमका वेविचारी तत्वहरुलाई प्रोत्साहन गर्ने तथा भ्रष्टचारीको शैलीले गर्दा आगामी दिन झन् चुनौतीपूर्ण बन्नेछ।’

विप्लबको अल्पबुद्धि र अपरिपक्व शासन र प्रतिशोधबाट आएको कारण प्रतिबन्ध लगाउनु स्वभाविक भएको अभिव्यक्ति दिएका छन्। उनले विप्लब र सरकारबीच बढ्दै गएको फाटोले देश जान नचाहेको दिशातर्फ जाने बताए। माओबादीले एमालेमा गएर जनयुद्धका भावनालाई मारेर सत्ता स्वार्थमा लम्पट भएर लागेको हुनाले यस जत्थासँग नैतिक मनोबल नभएको उनको भनाई छ।

उनले देशमा खुलमखुल्ला भ्रष्टचार गर्ने डकैती गर्ने व्यक्तिलाई राजनीतिको अग्र पदमा ल्याइएकोमा आपत्ति जनाएका छन् ।

सरकार जवाफदेहिता नभएको भन्दै उनले भने, ‘लोकतन्त्रको देशमा प्रधानमन्त्रीले मुखले केहि भन्दा टुक्काले अर्को पक्षलाई दाँत झर्ने गरी हान्छन। उनका मन्त्री उनीभन्दा चर्का, मैत्री भावना कतै छैन। हामीले भोट हालेर बनाएको सरकार हामीलाई लखेट्छन।’ उनले थपे, ‘उनका शासकीय मण्डली जो दृस्टीकोणले कच्चा, चरित्रको हिसाबले भर पर्न नहुने मानिसहरुको डफ्फामा रमाएका छन् प्रधानमन्त्रि ओली। जसले गर्दा हरेक दिन गल्ति दोहोरिन्छ। सच्चा परिपक्क अभिवावक कोहि छैन जसबाट आश्वस्त हुन् सकियोस।’

हेर्नुहोस भिडियो :

प्रतिक्रिया