भूकम्पले क्षतिग्रस्त ९२ प्रतिशत संरचना पुनःनिर्माण

admin

काठमाडौँ, ३ चैत : भूकम्पका कारण क्षतिग्रस्त भएका सशस्त्र प्रहरी बलका ९२ प्रतिशत संरचना पुनःनिर्माण सम्पन्न भएको छ । पुनःनिर्माण सम्पन्न भएका संरचनामा उक्त सङ्गठनको प्रधान कार्यालयलगायत विभिन्न वाहिनी, गण तथा गुल्मका हेडक्वार्टर छन् । बाँकी रहेका संरचना अन्तिम चरणमा रहेको जनाइएको छ । 

पुनःनिर्माण सम्पन्न हुन आँटेका दुई संरचनामध्ये बाँकी नुवाकोट ककनीस्थित सशस्त्र प्रहरी बल युएन शान्ति स्थापना तालीम शिक्षालयको भवनको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । आज राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा पुनःनिर्माणसम्बन्धी आव २०७५÷७६ को प्रगति प्रस्तुत गर्दै बलका वरिष्ठ उपरीक्षक ई. सन्दीप थापाले पुनःनिर्माण कार्य सञ्चालन भएका २८ मध्ये २६ वटाको सम्पूर्ण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । 

 

उहाँले बलको काठमाडौँ उपत्यकाभित्र नीलबराहीस्थित नं १८ गणको हेडक्वार्टरमा रहेका दुई वटा बहुतले ब्यारेक तथा प्रधान कार्यालयको पेन्टागनको प्रबलीकरण कार्यका साथै बङ्गलामुखीस्थित नं १९ गणको हेडक्वार्टरको भवन पुनःनिर्माण गर्न करीब रु ६ करोड ५० लाख थप बजेट आवश्यक रहेको बताउनुभयो । 

 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पपछिको उद्धार तथा पुनस्र्थापनामा सशस्त्र प्रहरीले पु¥याएको योगदानको स्मरण गर्दै आगामी दिनमा आउनसक्ने विपद्पछिको उद्धार तथा पुनस्र्थापनामा महत्वपूर्ण भूमिका खेल्नुपर्ने संस्थाका भौतिक संरचनाको पुनःनिर्माणलाई पूर्णता दिन प्राधिकरणले यथासम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । क्षतिग्रस्त संरचनाको पुनःनिर्माणका लागि प्राधिकरणबाट हालसम्म रु ४० करोड ३६ लाख निकासा भएको छ । 

प्रतिक्रिया