फरक शीर्षक र दरमा विद्यार्थीबाट लाखौँ ठग्दै यी ५ मेडिकल कलेज

admin

काठमाडौँ, चैत ४ :त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरुले एमबीबीएस र बीडीएसका विद्यार्थीबाट सरकारले तोकेभन्दा बढी शुल्क अशुल्दै आएका छन् । 

त्रिविको अनुगमन निर्देशनालयको छानबीनमा ललितपुरको किस्ट, भैरहवाको युनिभर्सल, भरतपुरको चितवन, वीरगञ्जको नेसनल र पोखराको गण्डकी मेडिकलले अवैध रुपमा शुल्क लिएको पाइएको हो ।

 

चिकित्सा शिक्षाको विज्ञ सम्मिलित टोलीले तयार पारेको प्रतिवेदनअनुसार पाँचवटै मेडिकल कलेजले फरक–फरक शीर्षकमा शुल्क असुलेका छन् र शुल्क विद्यार्थीपिच्छे फरक छ । यो समाचार आजको कान्तिपुर दैनिकमा सुदिप कैनीले लेखेका छन् । 

 

प्रतिक्रिया