लागुऔषधसहित चेपाङ पक्राउ

admin

हेटौँडा, ४ चैत : जिल्ला प्रहरी कार्यालय मकवानपुरले राक्सिराङ गाउँपालिका–७ मा सर्गलाल प्रजाको घरबाट लागुऔषध गाजा ७८ केजी ५०० ग्राम, भरुवा बन्दुक दुई नाल, बारुद १०० ग्राम, रोल पटकासहित निज सर्गलाल प्रजा तथा सोही वडा नं ७ मा रहेको चन्द्रबहादुर चेपाङको घरबाट लागुऔषध गाँजा ६१ केजी ५०० ग्राम र भरुवा बन्दुक नाल एकसहित निज चन्द्रबहादुर चेपाङलाइ पक्राउ गरेको छ ।

हेटौँडास्थित राटोमाटे चेकपोस्टबाट हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय कार नं डब्ल्यूबी–०६–६३०९ को डिक्कीभित्र फल्स बटनभित्र लुकाइछिपाई लैजान लागेको अवैध औषध गाँजा ४५ केजीसहित तीन जनालाई पक्राउ गरी पत्रकारको माझ सार्वजनिक गरेको छ । पक्राउ परेका तीन जना भारतीय विहार भागलपुर बस्ने ३० वर्षीय विष्णुकुमार शाह, पूर्वी चम्पारण मोतिहारी बस्ने ३० वर्षीया रेणुदेवी र २८ वर्षीय अहमद गुल्जार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले पक्राउ गरिएका सबैलाई आवश्यक अनुसन्धानपछि कानूनी कार्यवाहीका लागि अदालतसमक्ष पेश गर्ने जानकारी प्रहरी उपरीक्षक मुकेशकुमार सिंंहले दिनुभयो । -रासस

प्रतिक्रिया