बलिउडमा पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाएपछि सोनु निगमले दिए कडा प्रतिक्रिया

रिता घिसिंग

एजेन्सी : बलिउडका चर्चित गायक सोनु निगमले पाकिस्तानी कलाकारलाई बलिउडमा प्रतिबन्ध लगाइएको विषयमा कडा प्रतिक्रिया दिएका छन् । उनले पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाउनु उचित नभएको टिप्पणी गरे ।

 

उनले भने ‘यदि पाकिस्तानी कलाकारलाई प्रतिबन्ध नै लगाउनु थियो भने उनीहरुलाई काम गर्न निमन्त्रणा किन दिइयो ? हामी स्वयं उनीहरुलाई निम्ता दिन्छौं र आफैं प्रतिबन्ध लगाउँछौं । यो राम्रो होइन ।’ उनले अगाडि भने ‘मलाई लाग्छ पाकिस्तानसँग साँस्कृतिक आदान प्रदान रोक्नु इण्डष्ट्रीको काम हो । कलाकारलाई प्रतिबन्ध लगाउँदैमा दुई देशबीचको विवाद समाधान हुन सक्दैन ।’

प्रतिक्रिया

सम्बन्धित समाचारहरू