“तराना कला केन्द्र”द्वारा मिर्गौला पीडित अशोक लामा बचाऊ अभियान शुरु

शर्मिला गुरुङ

काठमाडौँ, ५ चैत्र : दुबै मिर्गौलाले काम गर्न छाडेपछि जीवन र मरणको दोसाँधमा भौतारिरहेका अशोक लामा तामाङको उपचारका लागि आर्थिक सहयोग जुटाउन “तराना कला केन्द्र” र “ह्याङला दोलखा काठमाडौँ समाज”ले अभियान सञ्चालन गर्ने भएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका वडा न. ४ निवासी ३६ वर्षिय अशोकको उपचार तथा सहयोगार्थ चैत ३० गते शनिवार काठमाडौंको जोरपाटीमा बृहत सांस्कृतिक कार्यक्रमको आयोजना समेत गर्ने भएको छ ।

बैदेशिक रोजगारको शिलशिलामा दुबईमा रहेकै समयमा दुवै मिर्गौलाले काम गर्न छाडेपछि उनि स्वादेश फर्किएका थिए। लामाको अहिले काठमाडौँ स्थित राष्ट्रिय मृगौला उपचार केन्द्र वनस्थलीमा हप्ताको २ पटक डायलाइसिस गराईरहेका छन् । विदेशबाट कमाएर ल्याएको पैसा र पुर्ख्यौली सम्पत्ति समेत उपचाराइ क्रममा सकिसकेको कारण हाल प्रत्यरोपणमा समस्या आएपछि “तराना कला केन्द्र” र “ह्याङला दोलखा काठमाडौँ समाजको सहकार्यमा” सहयोग अभियान सञ्चालन गर्न लागेको हो।

केन्द्रका सञ्चालिका तथा गायिका बसन्ती लामाले देश तथा विदेशमा रहेका नेपालीहरुलाई पनि यो अभियानमा हातेमालो गरिदिनुहुन आग्रह गरेकी छिन् । मिर्गौला पीडित अशोक लामालाई सहयोग गर्न चाहनुहुने महानुभावहरुको लागि विरामी कै नाममा सेन्चुरी बैंकमा रहेको खाता नं. ०१८००००६८५RS  मा सहयोग वा मोबाईल नं. ९८६०५८९४११÷ ९८०३८९१८१९ सम्पर्क गर्न सक्नुहुनेछ ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू