भिरबाट लडेर पर्यटकको मृत्यु

admin

कास्की, ६ चैत : मर्दी हिमाल पदयात्राका क्रममा एक पर्यटकको भिरबाट लडेर मृत्यु भएको छ । पदयात्रामा आएका जापानका ६४ वर्षीय नाजासावा माजासीको आज माछापुच्छ्रे गाउँपालिका–९ स्थित मर्दी हिमालको भ्यू प्वाइन्टमा पुगेर होटल फर्कने क्रममा लडेर मृत्यु भएको हो ।

यही चैत १ गते काठमाडौँको हिमालयन शेर्पा एडभेञ्चर कम्पनीबाट चार जापानी र दुई नेपाली पथप्रदर्शक सो क्षेत्रमा पदयात्रामा गएका थिए । माजासीको लडेर मृत्यु भएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत फुर्पा शेर्पाले जानकारी दिनुभयो ।

बाटोबाट चिप्लिई करीब ७०० मिटर तल खसेको पथप्रदर्शक पासाङ दावा शेर्पालाई उद्धृत गर्दैै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले जानकारी दिनुभयो । हेलिकप्टरबाट उद्धार गर्न खोजे पनि खराब मौसमका कारण सम्भव हुन सकेन । घटनास्थल पुग्न माछापुच्छ«ेको सिदिङबाट पैदल दुई दिन लाग्छ ।
-रासस

प्रतिक्रिया