पाँच करोड बक्यौता उठाउन बाँकी १७ विदेशी एयरलाइन्स सम्पर्कबिहीन

admin

काठमाडौं, चैत ७: नागरिक उड्डयन प्राधिकरण र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नेपालमा उडान रोकेका १७ वटा विदेशी एयरलाइन्सबाट बक्यौता उठाउन सकेका छैनन् । ती एरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुझाउन बाँकी रहेको ४ करोड ८४ लाख रुपैयाँ उठाउन कडाइका साथ पहल पनि भएको छैन । नपालका कार्यालय बन्द गरिसकेका ती विदेशी एयरलान्स सम्पर्कबिहीन छन् ।

बक्यौता रकम जहाज अवतरण (ल्यान्डिङ), पार्किङ, (विमान), एष्यर नेभिगेसज (सञ्चार तथा उड्डयन सहाय सेवा), विमानस्थल विकास शुल्क, घरभाडासहितको रकम हो । बेलैमा सरकारी दायित्व नतिर्ने एयरलाइन्स वा संस्थासँग गरिएको सम्झौतापत्र स्थगन गर्न सकिने वा सम्पत्ति रोक्का राख्ने अधिकार प्राधिकरणको नियमावालीले विमानस्थल प्रमुुखलाई दिएको छ । यो समाचार कान्तिपुरमा प्रकाशित छ ।

प्रतिक्रिया