अम्बानी सर्वाधिक धनाढ्य मालिक

admin

काठमाडौं, चैत ८ : मार्चको पहिलो साता विश्वप्रसिद्ध अमेरिकी म्यागाजिन फोर्ब्सले संसारभरका खेल टिमहरुका सर्वाधिक धनाढ्य मालिकहरुको सूची जारी गरेको थियो । जसमध्ये यसैसाता आफ्नो भाइको करोडौँ डलर ऋण तिरेर जेल जानबाट जोगाएका भारतीय धनाढ्या व्यवसायी मुकेश अम्बानी यस वर्षको उक्त सूचीको शीर्ष स्थानमा रहेको छ । मुकेश इन्डियन प्रिमियर लिग (आईपीएल)को अहिलेसम्मका सर्वाधिक विजेता मुम्बई इन्डियन्स टिमका मालिक हुन् ।

ग्यास र तेल प्रशोधन तथा टेलिकम ब्यवसायमा साम्राज्य खडा गरेका अम्बानी अहिले खेलजगतमा पनि छाएका छन् । फोब्र्सले हालै प्रकाशित कुल २० जना खेल टिमका सर्वाधिक धनाढ्यको नाम सार्वजनिक गरेको थियो । सूचीमा एनबीए टिम लस एन्जेल्स क्लिपर्सका मालिक स्टीभ बालमर दोस्रो र अटो रेसिंग टिम रेडबुल फर्मूला वानका मालिक डिएट्रिच माटेशिट्ज तेस्रो स्थानमा छन् ।

 

यी बाहेक आइस हकी टिमका सन जोस शार्कका मालिक हासो प्लेटनर एन्ड फेमिली, चेल्सी फुटबल क्लबका मालिक रोमन अब्रामोभिच र केरोलिना प्यान्थर्स टिमका मालिक डेभिड टेपेर पनि सूचीकृत छन् । सूची अनुसार गत वर्षको तुलनामा यसपटक १३ टिमका मालिकहरुको सम्पत्ति वृद्धि भएको छ । यस्तै पाँच जनाको सम्पत्तिमा ह्रास आउँदा दुई टिमको सम्पत्ति भने स्थिर नै रहेको छ । ५ दशमलव ७६ लाख करोड नेपाली रुपैयाँ बराबरको सम्पत्ति भएका अम्बानीले सन् २००८ मा मुम्बई इन्डियन्स टिम खरीद गरेका हुन् । याे समाचार कविरम शर्माले नेपाल समाचापत्रमा लेखेका छन् ।

प्रतिक्रिया