‘हिजो र आज’ पुस्तक लोकार्पित

रिता घिसिंग

चिप्लेढुङ्गा, १८ चैत (रासस) : साहित्यकार एवम् फोटो पत्रकार विश्वरत्न शाक्यले चार दशकअघिदेखि आफूले खिंचेका र सङ्कलन गरेका तस्वीरको सँगालो ‘पोखराः हिजो र आज’ पुस्तक आज लोकार्पण गरिएको छ । पुस्तकमा झण्डै चार सय तस्वीर छन् ।

पुस्तकको गण्डकी प्रदेशका प्रमुख बाबुराम कुँवरले लोकार्पण गर्दै पुस्तकले नयाँ पुस्तालाई इतिहासको विभिन्न कालखण्डको अध्ययनमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्दै सही समयमा सही पुस्तक निकालेर शाक्यले आफ्नो जन्मभूमिप्रति गुन लगाएको बताउनुभयो ।

पोखरामा महानगरपालिकाका कावा प्रमुख मञ्जु गुरुङले महानगरले विदेशी पाहुनालाई उपहारका रुपमा सो पुस्तक प्रदान गर्ने बताउनुभयो । नपोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले तस्वीरबाट तत्कालीन पोखराको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक सबै पक्षको इतिहास अध्ययन गर्न सहज हुने बताउनुभयो ।

शिक्षाविद् जोर्ज जोनले पोखरालाई पढ्न र बुझ्न चाहनेहरुका लागि एउटा सशक्त पुस्तक आएको बताउनुभयो । लेखक शाक्यले नौ वर्षको अथक प्रयास र विभिन्न चुनौती सामना गरेर पुस्तक तयार गरिएको र त्यसमा २० प्रतिशत तस्वीर अरुबाट लिइएको जानकारी दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठले हजार शब्दमा उतार्न नसकिने कुरा एउटा तस्वीरले स्पष्ट पार्छ भन्दै सो पुस्तकमा सिङ्गो पोखराको इतिहास र वर्तमान केलाउन सकिने बताउनुभयो । स्वतन्त्र पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले पत्रकारितामा तस्वीर एउटा सशक्त सूचनाको माध्यम भएको बताउनुभयो । महासङ्घका जिल्ला अध्यक्ष कृष्ण थापा, उपाध्यक्ष शान्ति राणालगायतले इतिहासको खोजी गरेर तथ्यको सङ्कलनका साथ बाहिर ल्याइएको पुस्तकले सबैका लागि साझा महत्व राख्ने विचार राख्नुभयो । पुस्तकको मूल्य रु सात सय २५ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू