बढ्यो सुनको भाउ

मनिषा थापा

 साताको आज अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ ।

आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया