काठमाडौँ: मट्टितेल छर्किएर जिउँदै जलाइएकि युवतीको उपचारको क्रममा निधन भएको छ। सिरहा नगरपालिका-८ की १८ वर्षीय कन्चन मण्डललाई बिहीबार पति र सासु मिलेर जिउँदै जलाएर हत्या गर्ने प्रयास गरेका हुन्। कन्चनलाई उपचारको लागि ‘१०० एस ग्रुप’ले सुष्मा कोइराला मेमोरियल अस्पताल साँखुमा ल्याएको थियो।
कन्चनकाे शरीरकाे ८० प्रतिशत भाग जलेकाेमा बाच्ने सम्भावना निकै न्यून रहेको उपचारमा संलग्न चिकित्सकले बताएका थिए । जलिरहेकाे अवस्थामा देखेपछि उनलाई छिमेकीहरुले धरानस्थित बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकाे थियाे।
श्रीमतीलाई जिउँदै जलाएका कन्चनका पति बेचन मण्डल भने फरार छन्। कन्चनकी सासुलाई भने सिरहा प्रहरीले नियन्त्रणमा लिइसकेको छ। तराई क्षेत्रमा छोरी जन्माएको, दाइजाे नल्याएकाे तथा कम ल्याएकाे भन्दै महिलामाथि गम्भीर प्रकृतिका हिंसा हुने गरेका छन्। बाँकी हेर्नुहोस भिडियोमा :