काठमाडौं, बैशाख १४ : देशका पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्र बाहेक अरु भूभागको मौसम सामान्यतया सफा रहने मौसमविदले उल्लेख गरेका छन् । पूर्व, मध्य र पश्चिमको पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भई पानी पर्ने सम्भावना छ ।
पूर्वका थोरै तथा मध्य र पश्चिमका एक–दुई ठाउँमा अपराहन्नतिर मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना रहेको मौसमविदले उल्लेख गरेका छन् । प्रि–मनसुनको समय रहेकाले विशेष गरि स्थानीय वायुको प्रभावका कारण मौसम बदली भएको हो ।