घुम्ती शिविरमा १५१ जनालाई नागरिकता

admin

दुल्लु, १५ वैशाख: दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ डाँडापराजुलमा सञ्चालित दुईदिने नागरिकता वितरणसम्बन्धी घुम्ती शिविरमा शनिबार १५१ जनाले नागरिकता बनाएका छन् । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सो शिविरमा शिविरमा ७२ महिला र ७९ पुरुष गरी १५१ जनाले नागरिकता बनाएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

शिविरमा १६२ जनाको फोटोसहितको मदताता नामावली पनि सङ्कलन गरिएको थियो । नागरिकता वितरणसँगै जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने अन्य सेवा तथा सुरक्षा समन्वयका विषयमा सार्वजनिक सुनुवाइ गरिएको प्रजिअ बाँस्कोटाले जानकारी दिनुभयो । सार्वजनिक सुनुवाइमा प्रशासनले मदिरा व्यवस्थापन तथा विकास योजनाको पारदर्शिता नगराएको सम्बद्ध व्यक्तिले गुनासो गरेका थिए । रासस

प्रतिक्रिया