हावाहुरी प्रभावितका घर निर्माणका लागि नेपाली सेनालाई जिम्मा

admin

काठमाडौं, बैशाख १५ : नेपाली सेनाले गत चैत १७ गते बारा र पर्सामा आएको हावाहुरीबाट भत्किएका घरको पुनर्निर्माण वैशाख अन्तिमबाट सुरु गर्ने भएको छ । निर्माण जिम्मा पाएको नेपाली सेनाले १२ वटा समूह बनाएर काम सुरु गर्ने जनाएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार बारामा तीन र पर्सामा नौ वटा समुहले निर्माणको काम गर्नेछन् ।

पाण्डेले वैशाख २५ गतेसम्म आवश्यक सबै सामान जुटाउने र त्यसपछि निर्माण थालिने बताउनुभयो । हावा, हुरीका कारण बारामा एक हजार तीन सय ६२ र पर्सामा ९१ घर ध्वस्त भएका छन् । मौसमले प्रभाव नपारे साउन १२ गतेसम्म निर्माणको काम सक्ने लक्ष्य रहेको सेनाले जनाएको छ । निर्माणमा छ हजार सेना खटिने छन् । 

 

प्रतिक्रिया