काठमाडौँ : आज साताको पहिलो दिन आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ।
आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ भने तेजावी सुन प्रतितोला ५९ हजार ५ सय रुपैयाँमै कारोबार भईरहेको छ । गत शुक्रबार पनि उक्त मूल्य मै कारोबार भएको थियो।
त्यस्तै, आज चाँदी पनि स्थिर रहदै प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।