कलाकार प्रज्ञा जोशी जेल चलान

admin

काठमाडौँ, १६ वैशाख : कलाकार तथा निर्मात्री प्रज्ञा जोशी जेल चलान भएकी छिन् । जोशीमाथि जग्गा दिने भन्दै ५० लाख ठगी गरेको आरोप रहेको छ । सोही आरोपमा इटहरीबाट पक्राउ परेकी जोशी ४० लाख धरौटी बुझाउन नसकेपछि जेल चलान भएकी हुन् ।

लामो समय देखि इटहरीमा लुकीछिपी बस्दै आएकी जोशीलाई साता अघि इटहरी प्रहरीले पक्राउ गरेको हो । सुवर्ण कुमारी श्रेष्ठले आफूलाई ठगेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौँमा दिएको उजुरीको आधारमा कलाकार जोशीलाई पक्राउ गरी काठमाडौँ लगिएको थियो ।

प्रतिक्रिया