आजको मौसम : गर्मी अझै बढ्ने, पानी पर्ने सम्भावना छ कि छैन ?

admin

काठमाडौँ, १६ वैशाख : पश्चिम तराईँका क्षेत्रमा तत्काल पानी पर्ने सम्भावना नरहेकोले गर्मी अझै बढ्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद मिनकुमार अर्यालले तराईँ क्षेत्रमा नयाँ मौसमी प्रणाली भित्रिने सम्भावना नरहेकोले गर्मी यथावत रहने बताए ।

नेपालगञ्ज, धनगढी लगायत पश्चिम तराईका क्षेत्रमा केही दिनदेखि अधिकतम तापक्रम झण्डै ४१ डिग्री सेल्सियस पुग्ने गरेको छ । गर्मी बढेपछि त्यहाँको जनजीनव आक्रान्त बनेको छ । मानिसहरु घरबाहिर निस्कने क्रम पातलो भएको छ ।

‘पहाडी क्षेत्रमा स्थानीय वायुको प्रभावले पनि बदली भएर पानी पर्न सक्ने सम्भावना रहन्छ, तर तराईँमा बदली हुन र वर्षा गराउँन नयाँ मौसमी प्रणाली नै भित्रिनुपर्ने हुन्छ, तत्काल नयाँ प्रणाली आउने सम्भावना छैन, तापक्रम ४० कै आसपासमा रहला’, मौसमविद अर्यालले भने । यसबाहेक देशका पूर्वी भूभागमा भने आंशिक देखि सामान्य बदली, मध्य र पश्चिमका पहाडी भूभागमा आंशिक बदली रहने अर्यालले जानकारी दिए ।

 

प्रतिक्रिया