आज कतिमा कारोबार हुँदै छ सुनचाँदी ? हेर्नुहोस् आजको बजारभाउ

शर्मिला गुरुङ

काठमाडौं, १६ वैशाख : आज साताको दोश्रो दिन अर्थात सोमबार सुनको मुल्य झन् उकालो लागेको छ । हिजो आईतबार प्रतितोला ५९ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यस्तै आज तेजावी सुनको मुल्य पनि उकालो लागेको छ। यसअघि प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ।

त्यसैगरी आज चाँदीको मूल्य भने यथावत रहेको छ। आज चाँदी प्रतितोला ७३० रुपैयाँमा कारोबार भईरहेको छ।

प्रतिक्रिया