फेमिली गेष्ट हाउसमा लगेर १३ वर्षीया २ बालिकालाई करणी गरेको आरोपमा २ जना पक्राउ

रिता घिसिंग

भक्तपुर : दुइ जना बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले २ जनालाई शनिबार साँझ पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा भक्तपुर नगरपालिका–१० मुलढोका बस्ने २६ वर्षीय सुनिल सिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका–७ का १९ वर्षीय विशाल तामाङ रहेका छन्।

भक्तपुर नगरपालिका–१ ईपाखे डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका–९ बुङदेल घर भएका १३ वर्षीया २ जना बालिकालाई भक्तपुर मुलढोकास्थित फेमिली गेष्ट हाउसमा लगेर शुक्रबार राति उनीहरुले जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि खटिएको प्रहरीले दुबैजनालाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेका छन्।

प्रतिक्रिया