काठमाडौँ, १६ वैशाख: सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को चौथो अधिवेशन संसद् भवन नयाँ बानेश्वरमा आजदेखि शुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुरुप सङ्घीय संसद्को बैठक अपराह्न ४ बजेदेखि शुरुभएको हो । वर्षे अधिवेशनका रुपमा रहेको यो अधिवेशनमा सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पेश गर्ने छ ।
सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभाको आजको बैठक प्रारम्भ भएको घोषणा गर्दै राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्र पढेर सुनाउनुभयो । त्यसपछि सभामुखले नयाँ वर्षको उपलक्ष्यमा शुभकामनासहित सम्पूर्ण सदस्यलाई स्वागत गर्नुभयो । त्यसपछि बैठकमा मुलुकको राजनीतिक परिवर्तनमा योगदान पु¥याउनुभएका ज्ञात अज्ञात शहीदप्रति मौन धारण गरिएको थियो ।