जन्ती चढेको जीप दुर्घटनामा, पाँच जनाको मृत्यु

admin

बेझाड, १६ वैशाख : पाल्पाको निस्दी गाउँपालिका–४ मित्याल भिरपानीबाट जन्ती लिएर वडा नं ७ जयमिरेतर्फ जाँदै गरेको लु१ज १९४० नं को जीप दुर्घटना हुँदा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक बुद्धिवल सोती, निस्दी गाउँपालिका–७ का खड्क सोमइ, देवलाल खाम्जा, लालबहादुर सारु र सन्तबहादुर सारु रहेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक भूपालसिंह रानाले जानकारी दिनुभयो । निस्दी गाउँपालिका– ६ र ७ को सिमानामा जन्ती बोकेको जीप दुर्घटनामा परेको हो । अहिले प्रहरी निरीक्षक रानाको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा गएको छ । रासस

प्रतिक्रिया