काठमाडौं, बैशाख १७ : मंगलबार देशको पहाडी भु–भागमा आंशिक बदली रहनेछ भने बांकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वामान महाशाखाले जनाएको छ । महाशाखाका अन्सार पहाडी भेगका थोरै स्थानहरुमा अपरान्ह वा साँझपख मेघ गर्जन सहित हल्का वर्षाको संभावना रहेको छ।
साथै पश्चिमी भेगका एक–दुई स्थानमा सामान्य हुरी÷बतास चल्ने सम्भावना छ । त्यसैगरी रातिको सयमा देशका पहाडी भेगमा मौसम आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन सहित हल्का वर्षाको संभावना रहेको छ ।