ललितपुरमा गाडी दुर्घटना, तीनजनाको मृत्यु

admin

ललितपुर, बैशाख १७ : ललितपुरको बागमती गाउँपालिकामा गाडी दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ । बागमती गाउँपालिका–३ नयाँगाउँमा सोमबार बेलुका पौने ८ बजे बा ५ च ५६९६ नम्बरको गाडी दुर्घटना हुँदा चालक र गाडीमा सवार दुईजनाको ज्यान गएको हो ।

बर्दिबास घर भएका चालक १९ वर्षका विशाल मगर, बागमती गाउँपालिका–३ नयाँगाउँकी २८ वर्षे सुविता मोक्तान तथा सोही ठाउँकी १७ वर्षे सुनिता लोप्चनको ज्यान गएको प्रहरीले जनाएको छ । स्टेरिङ्ग फेल भएका कारण गाडी दुर्घटना भएको हो ।

प्रतिक्रिया