मुख्यमन्त्री सम्पर्क कार्यालय धनकुटा

admin

विराटनगर, १७ वैशाख : प्रदेश नं १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालयको रुपमा तत्कालीन धनकुटास्थित क्षेत्रीय प्रशासन कार्यालयको भवन प्रयोग गर्ने निर्णय गरिएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को आज यहाँ बसेको बैठकले योसहित विभिन्न १३ वटा निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानूनमन्त्री एवं सरकारको प्रवक्तासमेत रहनुभएका हिक्मतकुमार कार्कीले बैठकले कानून मस्यौदा सुझाव समितिको म्याद थप गर्ने निर्णय गर्नुका साथै कर्मचारी पदस्थापन तथा सरुवासम्बन्धी कार्यविधि २०७६ लाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।

यसैगरी धनकुटामा यातायात सेवा कार्यालय स्थापना गर्ने निर्णय गरिनुका साथै प्रदेश योजना आयोगको गठन तथा कार्य सञ्चालन आदेश २०७५ लाई संशोधन गर्ने निर्णय भएको छ । इञ्जिनीयर तथा सवइञ्जिनीयरलाई सेवा तथा करारमा लिन छनोट गर्ने कार्यविधि २०७६ स्वीकृति प्रदान गरिको छ ।

उद्योग, पर्यटन तव तथा वातावरण मन्त्रालयबाट प्रदान गरिने अनुदानसम्बन्धी कार्यविधि २०७६ लाई स्वीकृत प्रदान गरिने निर्णय गरिएको छ । चैते धान विशेष सहयोग कार्य कार्यान्वयन कार्यविधि २०७५ लाई स्वीकृत प्रदान गर्ने निर्णय भएको छ । रासस

प्रतिक्रिया