सिञ्जा, १७ वैशाख : नेपाली काङ्ग्रेसकी केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताउनुभएको छ ।
काङ्ग्रेसद्वारा आयोजित ‘जनजागरण अभियान’को क्रममा जुम्ला पुग्नुभएकी नेता सङ्ग्रौलाले काङ्ग्रेस गाउँ गाउँमा पसेको बताउनुभयो ।
“कर्णालीमा अनेकन दुःख र पिडा रहेकाले सरकारले यहाँका जनताका हितमा काम गर्नुपर्छ”, उहाँले भन्नुभयो । पछिल्लो समय महिला बेचबिखन तथा मानव तस्करीका घटना बढेकामा उहाँले चिन्ता व्यक्त गर्नुभयो ।
-रासस