कस्तो रहला आजको मौसम ?

admin

काठमाडौँ, वैशाख १८:  पहाडी क्षेत्रको मौसम बुधबार सामान्य बदली रहे पनि अरु क्षेत्रमा आंशिक बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पहाडी क्षेत्रमा दिनभरको मौसम सामान्यतया बदली हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । 

पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित हल्का पानी पर्ने सम्भावना पनि रहेको जनाइएको छ । अरु क्षेत्रमा भने आंशिक बदली भए पनि पानी पर्ने सम्भावना भने नरहेको बताइएको छ । विशेष गरि तराईका क्षेत्रमा आंशिक बदलीसँगै चर्को घाम लाग्ने भएकाले गर्मी हुनेछ ।

 

प्रतिक्रिया