काठमाडौं, १८ वैशाख : आज साताको चौथो दिन अर्थात बुधबार सुनको मुल्य झन् ओरालो लागेको छ।
हिजो मंगलबार प्रतितोला ५९ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ५९ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यस्तै आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। यसअघि प्रतितोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज ५९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ।
आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने यथावत रहेको छ। आज चाँदी प्रतितोला ७२५ रुपैयाँमा कारोबार भईरहेको छ।