काठमाडौँ : नेपाल पत्रकार महासङ्घको आह्वान तथा महासङ्घ गण्डकी प्रदेशको आयोजनामा आज पोखरामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै ¥याली निकालिएको छ ।
पोखरा महानगरपालिका–४ बिपीचोकबाट शुरु भएको ¥याली न्युरोड हुँदै सभागृहसम्म पुगेको थियो । ¥यालीमा सहभागी सञ्चारकर्मी, नागरिक अधिकारकर्मी तथा पेशाकर्मीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी कार्य बन्द गरिनुपर्ने, पत्रकार माथिको धरपकड बन्द गर्न तथा गिरफ्तार पत्रकारको रिहाइ र प्रेस स्वतन्त्रताको रक्षा गरिनुपर्ने माग गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै महासङ्घ गण्डकी प्रदेश समितिका अध्यक्ष त्रिभुवन पौडेलले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पत्रकारलाई मात्र नभइ सबै जनताको लागि आवश्यक रहेको बताउनुभयो ।
वर्तमान संविधानको प्रश्तावनामै प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको भन्दै उहाँले भन्नुभयो, “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको माग पत्रकारको मात्र होइन सबै जनताको हो, प्रेस स्वतन्त्र नभएसम्म जनताको अभिव्यक्ति स्वतन्त्रता पनि हुँदैन, यसमा सरकारले दायाँबायाँ गर्न पाउँदैन ।” महासचिव गणेश पौडेलले सरकारले पत्रकारलाई निर्धक्क भएर समाचार सम्प्रेशण गर्ने वातावरण बनाउन माग गर्नुभयो । (तस्वीर उपलव्ध छ)
पत्रकार बराललाई टङ्कादेवी पुरस्कार
पोखराका क्रियाशील पत्रकार ऋषिराम बराललाई ‘टङ्कादेवी तुलसीप्रसाद स्मृति पत्रकारिता’ पुरस्कार प्रदान गरिने भएको छ । पत्रकार महासङ्घ कास्कीद्वारा सञ्चालित तथा पोखरा–५ निवासी सुवर्णप्रसाद कोइरालाद्वारा स्थापित सो पुरस्कारको राशि रु २५ हजार, सम्मानपत्र र दोसल्ला छ ।
दुई दशकदेखि पोखरालाई कर्मथलो बनाएर सञ्चार क्षेत्रमा आवद्ध रहनुभएका बराललाई पत्रकारितामार्फत समाज रुपान्तरणमा भूमिका खेलेकोमा सो पुरस्कारबाट पुरस्कृत गर्ने निर्णय गरिएको महासङ्घका अध्यक्ष दीपेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।
पत्रकार बराल हाल दि हिमालयन टाईम्स र आदर्श समाज दैनिकमा कार्यरत हुनुहुन्छ । प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुली संयोजक तथा पत्रकार रमेश पौडेल, जमुना वर्षा शर्मा सदस्य र महासङ्घका अध्यक्ष श्रेष्ठ र सचिव रामप्रसाद तिमिल्सेना पदेन सदस्य रहेको प्रतिभा छनोट समितिको सिफारिसलाई महासङ्घको आजको बैठकले अनुमोदन गरी बराललाई सो पुरस्कार अपर्ण गर्ने निर्णण गरेको हो ।
यही वैशाख २४ गते ‘राष्ट्रिय पत्रकारिता दिवस’को सो पुरस्कार अर्पण गरिने महासङ्घले जनाएको छ । बरालले विसं २०५६ मा आदर्श समाज दैनिकबाट पत्रकारितामा शुरु गर्नुभएको थियो ।