निःशुल्क स्वास्थ्य परीक्षण

admin

भादगाउँ, १८ वैशाख : मध्यपुरथिमी नगरपालिका–१ ले वडाका जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण, निःशुल्क स्वास्थ्य बिमा गर्नुका साथै पोषण र सहयोगी सामग्री वितरण गरेको छ । वडाका ३०९ जना जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गता भएका व्यक्तिका सामाजिक सुरक्षा भत्ता लिइरहेका नागरिकलाई सो सेवा उपलब्ध गराएको हो ।

वडास्थित लोहकल्थली स्वास्थ्य चौकी, समित अस्पताल र लोहकल्थली आयुर्वेदिक केन्द्रले जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरेको वडा अध्यक्ष सुरज खड्काले जानकारी दिनुभयो । सो अवसरमा स्वास्थ्य परीक्षणमा सहभागीलाई आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो । वडाको वार्षिक कार्यक्रमअनुसार जेष्ठ नागरिकको सम्मान स्वरुप कार्यक्रम आयोजना गरिएको अध्यक्ष खड्काले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया