काठमाडौँ, १८ वैशाख : फायरवर्डस मिडिया द्वारा आयोजना गरिएको एक दिने “Firewords Conclave 2019” कार्यक्रम समापन भएको छ । झन्डै दुइ सय युवाहरु बिचमा गरिएको कार्यक्रममा बिभिन्न राजनितिक पार्टीका शिर्ष युवा नेता , सफल व्यबसायीहरु र बिभिन्न ठाउं बाट आउनु भएका युवाहरु रहेका थिए । कार्यक्रम को सम्-उद्घाटन नेपाली काङ्ग्रेसका सह-महामन्त्री डा .प्रकाश शरण महतले गरेका थिए ।
युवाहरु लाइ नेपालमै केहि गर्न सकिन्छ ,परिबर्तन सम्भब छ भन्ने उद्देश्यले गरिएको संस्थाका सि.इ.ओ अशोक रोकयाले जानकारी दिनु भयो । सोमबार समापन भएको कार्यक्रममा बिभिन्न क्षेत्रबाट आउनुभएका युबा, उधमी र राजनितीक नेताहरु बिच प्यानल छलफल भएको थियो ।अनुपम फुडल्यान्डमा भएको कार्यक्रममा प्यानल छलफल तिन भागमा बिभाजन गरिएको थियो पोलिटिकल प्यानलमा नेपाल कमिनिष्ट पार्टी कि नेत्री बिन्दा पाण्डेय, पुर्बाधार बिद् डा.सुर्य राज आचार्य , नेपाली कांग्रेसका नेता प्रदिप पौडेल र नागरिक समूहका प्रमुख निगम हुमगाइले कहिले कसले र कसरी परिवर्तन आउन्छ भन्ने बिषयमा छलफल गरेका थिए ।
त्यसै गरी अर्को प्यानल छलफल उधमीहरु बिच भएको थियो जस्मा ज्योति बिकाश बैकं का सि.इ.ओ मनोज ज्ञावलि , इ -सेबा का सि.इ.ओ अस्गर अली ग्लोकल प्रा.लीका इ.डी. आशिष ठाकुर रहेका थिए । युथ प्यानलमा बिबेकशिल पार्टीकी नेत्री रन्जु दर्शना,अनेरास्ववियूका महा सचिब ऐन महर ,नेपाली बिधार्थि संघका नेता प्रेम जोशी, मास्टर पिस एन वाइ सि का फाउन्डर सरोज बनिया रहेका थिए । अन्तमा कोर्पुरेट ट्रेनर रबिन कटुवालले युबा हरुले नेपाल मै बसेर कसरी काम गर्ने सफल कसरी हुने बिषयमा चर्चा गरेका थिए । कार्यक्रम समापन भएको घोषणा गर्दै साथ सहयोग गर्ने प्रायोजक AEC कि संयोजक अनिशा खड्काले धन्यबाद ब्यक्त गरेकी थिइन ।