जन्मकैद फैसला भएकाे भोलिपल्ट कारागार भित्रै आत्महत्या

admin

दोलखा , १८ वैशाख : दोलखा सदरमुकाम चरिकोटस्थित कारागार भित्र एक कैदीले आत्माहत्या गरेका छन् । श्रीमती हत्याको अभियोगमा जिल्ला अदालतबाट जन्मकैदको फैसला सुनाइएको दोस्रो दिन जिरी नगरपालिका ९ ठुलोपातलका तस्बिर तामाङ कारागारको शौचालयमा सुरुवालको ईजार पासो लगाएर झुण्डीएको अवस्थामा मंगलबार दिउँसो मृत भेटिएका हुन् ।

यसअघि पनि गत माघमा कारागार कार्यालय भित्रै श्रीमतीलाई आत्माहत्या गर्न बाध्य पारेको, आत्माहत्या दुरुत्साहन मद्दामा पूर्पक्षका लागि कारागार चलान गरिएका लापिलाङ गाउँका च्याङा शेर्पाले समेत कारागारको शौचालयमा झुण्डिएर आत्माहत्या गरेका थिए ।

गत मंसिरमा श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरी मुद्धा चलाएर पूर्पक्षका लागी थुनामा रहेका तस्बिरलाई मंगलबार जिल्ला अदालतका न्यायधीश तेजबहादुर खड्काको इजलाशाले जन्मकैदको फैसला सुनाएको थियो । कारागार कार्यालय चरिकोटका प्रमुख मित्रबन्धु तिवारीका अनुसार तस्बिर बुधबार दिउँसो खाना खाएर शौचालय गएपछि ५ मिनेट सम्म बाहिर नआएपछि ढोकाको प्वालबाट हेर्दा र्शौचालयको ग्रिलमा सुरुवालको इजार जस्तो देखिने डोरीमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।

‘अघिल्लो पटक समेत यस्तै घटना भएपछि सबै चर्पीका ढोकामा प्वाल पारेर राखेका थियौं’ उनले भने, ‘बुधबार मध्याह्नमा शौचालय गएका उनी नफर्किएपछि हेर्दा भित्रबाट चुकुल लगाएर झ्यालको ग्रिलमा झुण्डिएर मृत अवस्थामा देख्यौं’ । शवको मुचुल्का उठाउन परिवारका सदस्यलाई पर्खिएका कारण प्रहरीले बुधबार साँझ सम्म शव चलाएको थिएन । तर बिहीबार परिवारका सदस्यहरुले शव बुझेर पोस्टमार्टम समेत गरिसकको दोलखा प्रहरीले जनाएको छ ।

प्रहरी प्रमुख पाठकका अनुसार अघिल्लो घटना पछि माघदेखी कारागार भित्र सुरक्षा सतर्कता बढाईएको थियो । कारागारको आन्तरिक प्रशासनले कैदीहरुबाटै चलाईने कारागारको आन्तरिक सुरक्षा बढाएको थियो । पहिले १२ जनाले ड्युटी गर्ने आन्तरिक सुरक्षामा अघिल्लो आत्माहत्या प्रकरण पछि दैनिक २० जनाले ड्युटी गर्दै आएका थिए ।

प्रतिक्रिया